नियम ३२
बढुुवाको आधार
(१) नेपाली सेनाको जुनसुकै पदमा बढुवा हुनका लागि देहाय बमोजिमको आधार पूरा गरेको हुनु पर्नेछः–
(क) अनुसुची –६ बमोजिमको तालिम पूरा गरेको,
(क१) सैनिक अधिकृतको लागि अनुसूची-६क. बमोजिमको शैक्षिक योग्यता भएको,
(ख) कार्य सम्पादन मूल्याङ्कनमा योग्य देखिएको,
(ग) न्यूनतम सेवा अवधि पूरा भएको,
(घ) स्वास्थ्य वर्गीकरण (मेडिकल क्याटागोरी) मा योग्य ठहरिएको ।
(१क) उपनियम (१) को खण्ड (क१) को व्यवस्था उपसेनानी देखि महासेनानी दर्जासम्मको लागि हुने बढ्बामा यौ उपनियम प्रारम्भ भएको मितिले तीनवर्ष पछिमात्र लागू हुनेछ ।
(१ख) उपनियम (१) को खण्ड: (क) र (क१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नियम 5 को उपनियम (१) को खण्ड (घ) बमोजिम बढुवाद्वारा सहायक सेनानी भएका अधिकृतलाई उपसेनानी वा सोभन्दा माथिका दर्जामा बढुवा हुन कम्तीमा अधिकृत अभिमुखीकरण तालीम र प्रवेशिका परीक्षा वा सो सरह वा आर्मी फष्ट क्लास उत्तीर्ण गरेको हुनु पर्नेछ।
(२) उपनियम (१) को आधारमा बढुवा गर्दा ज्येष्ठता, योग्यता तथा कार्यक्षमतालाईं- प्रा्थामकता दिनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिमको योग्यता सम्बन्धी विवरण बढुवा समितिको बैठक बस्नु अगावै अधिकृतको हकमा सैनिक सचिव विभाग र अन्यको हकमा सम्बन्धित कार्यालयले बढुवा समितिलाई उपलब्ध गराउनु पर्नेछ ।